सोमबार, वैशाख २४ गते २०८१

प्राण प्रतिष्ठाअघि सुनको जलप लगाइएका रामका मूर्तिको माग उच्च

प्राण प्रतिष्ठाअघि सुनको जलप लगाइएका रामका मूर्तिको माग उच्च

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • प्राण प्रतिष्ठाअघि सुनको जलप लगाइएका रामका मूर्तिको माग उच्च

    एजेन्सी \ नयाँ दिल्ली । अयोध्यास्थित राम मन्दिरमा  सोमबार प्राण प्रतिष्ठा हुँदै छ । यसको सबै तयारी पूरा भइसकेको छ । कार्यक्रममा सहभागी हुन भारतभरबाट व्यापारी, सेलिब्रेटीहरुसमेत करिब ८ हजार जनालाई बोलाइएको छ ।

    images

    कार्यक्रममा मुकेश अम्बानी, गौतम अडानी, रतन टाटा, आनन्द महिन्द्रासम्म आउन सक्ने बताइएको छ । राम मन्दिरको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ । विमानस्थलमा निजी जेटको पार्किङ पूरै भरिएको छ ।

    प्राण प्रतिष्ठाअघि मन्दिरसँग जोडिएका चिजहरूको बजारमा व्यापक बिक्री भइरहेको छ । सुनको जलप लगाइएको मूर्ति र राम मन्दिर आउट अफ स्टक भएका छन् ।

    अरूलाई उपहार दिन र घरका मन्दिरमा सजाउनका लागि यस्ता मूर्तिको माग उच्च भएको व्यापारीहरूले बताइरहेका छन् ।

    झन्डा, टोपी, टी–शर्ट र राम मन्दिरको आकृति छापिएको कुर्तादेखि महँगा आइटमसमेतको बिक्री भ्याई नभ्याई बनेको छ । मूल्य पनि आकासिएको छ । केही वस्तुको आउट अफ स्टक हुँदा थाइल्यान्डबाट ल्याएर बेच्न थालिएको छ ।

    बिजनेस टुडेका अनुसार २२ जनवरीमा अयोध्या विमानस्थलमा १०० ओटा निजी जेट उत्रिनेछन् । उक्त दिन अयोध्यामा मात्रै होइन वाराणसीसम्मकै विमानस्थलमा पार्किङ फुल हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार