सोमबार, वैशाख २४ गते २०८१

काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

    ७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

    images

    दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

    बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार