बुधबार, वैशाख २६ गते २०८१

रामकृष्ण र रानीको ‘म को हुँ’ मा सरोज–शिल्पाको अभिनय

रामकृष्ण र रानीको ‘म को हुँ’ मा सरोज–शिल्पाको अभिनय

अखबार दैनिक
शुक्रबार, माघ ५ २०८०
  • रामकृष्ण र रानीको ‘म को हुँ’ मा सरोज–शिल्पाको अभिनय

    काठमाडौंँ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर रहेको गीत ‘म को हुँ’ सार्वजनिक भएको छ । रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द गीतमा छ गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

    images

    आफ्नो प्रेमका लागि छटपटिएका पुरुष र महिलाको कथामा निर्माण भएको गीतको भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताए ।

    रामकुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरङ मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार