बुधबार, वैशाख २६ गते २०८१

‘झोला’का निर्देशक यादव भट्टराईले बनाउँदै ‘झिल्को’

‘झोला’का निर्देशक यादव भट्टराईले बनाउँदै ‘झिल्को’

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • ‘झोला’का निर्देशक यादव भट्टराईले बनाउँदै ‘झिल्को’

    काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका यादव भट्टराईले नयाँ फिल्मको रूपमा ‘झिल्को’ बनाउने भएका छन् । सामाजिक कथावस्तुमामा उनले यो फिल्म बनाउन लागेका हुन् ।

    images

    फिल्ममा रङ्गमञ्चका व्यस्त अभिनेता सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । सुनिलले १३ बर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो समय ‘आचार्य’ अभिनय गरेका थिए । जुन सन् २०११ मा रिलिज भएको थियो ।

    माघ २२ गतेदेखि काठमाडौँका विभिन्न स्थानमा फिल्मको छायाङ्कन हुनेछ । ‘झिल्को’ले वर्तमान नेपाली समाजको कथा पेस गर्ने निर्देशक भट्टराईले बताए ।

    थुप्रै म्युजिक भिडियो निर्देशनपछि भट्टराई फिल्म निर्देशित ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । ‘झिल्को’को पटकथा तथा संवादलाई भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्लेको संगीत रहने फिल्मको शुभ–मुर्हूत बिहीवार साँझ गुह्येश्वरी हुने बताइन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार