शनिबार, जेठ ५ गते २०८१

आरएसडीसी लघुवित्तको नाफा घट्यो

आरएसडीसी लघुवित्तको नाफा घट्यो

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • आरएसडीसी लघुवित्तको नाफा घट्यो

    काठमाडौं। आरएसडीसी लघुवित्तको नाफा घटेको छ । आरएसडीसी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ ।

    images

    खुद नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ जसले गर्दा खुद नाफामा प्रभावित पारेको हो । खुद ब्याज आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । यसैगरी सञ्चालन नाफा १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा आएको छ र खराब कर्जा १.०१ प्रतिशतले बढेर १.८२ प्रतिशत पुगेको छ ।

    आरएसडीसी लघुवित्तको पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार