बुधबार, वैशाख २६ गते २०८१

१२वीं फेल एक्ट्रेसको इष्टा एकाउन्टमा फलोअर्सको घुँइचो

१२वीं फेल एक्ट्रेसको इष्टा एकाउन्टमा फलोअर्सको घुँइचो

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • १२वीं फेल एक्ट्रेसको इष्टा एकाउन्टमा फलोअर्सको घुँइचो

    गएको वर्ष रिलिज भएको विक्रान्त मैसीको फिल्म १२वीं फेलले सबैको मन जितिरहेको छ । सर्वसाधारण दर्शकदेखि बलिउडका सेलेब्रिटीसम्म हरेकले फिल्मको तारिफ गरिरहेका छन् । यो फिल्ममा विक्रान्त मैसीको अपोजिट मेधा शंकर देखिएकी थिइन् । यो फिल्मको सफलतापछि मेधाको भाग्य चम्किएको छ । 

    images

    सामाजिक सञ्जालमा मानिसहरूले उनलाई खोजी खोजी फलो गरिरहेका छन् । केही हजार रहेको फलोअरको संख्या बढेर लाखौं पुगेको छ । फिल्मको सफलता र फलोअर्सको सङ्ख्यामा भएको वृद्धिबारे मेधाले अहिले प्रतिक्रिया दिएकी छिन् ।

    फिल्ममा विक्रान्तको साथसाथै मेधाको अभिनयको खुबै तारिफ भएको थियो । ‘यो निकै शानदार रह्यो । म सबैको आभारी छु । जतिबेला हामी फिल्म बनाइरहेका थियौँ अनि हामीले जे बनायौँ त्यसमा हामीलाई गर्व थियो । हामीले निकै इमानदारीपूर्वक फिल्म बनायौँ अनि हामीलाई थाहा थियो कि दर्शकहरुले यो फिल्मलाई अवश्य मन पराउनेछन् । तर जस्तो खालको प्रतिक्रिया फिल्मले पाइरहेको छ त्यो निकै अभूतपूर्व छ ।’ इन्ष्टाग्रामको एउटा पोष्टमा मेधाले भनेकी छिन् ।

    पहिला १६ हजार मात्रै थियो फलोअर
    फिल्म ओटीटीमा रिलिज भएपछि फलोअर विस्तारै बढ्न थालेको थियो । मेधा शंकरको इन्ष्टा एकाउन्टमा १२वीं फेल आउनु अघि जम्मा १६ हजार फलोअर थिए । तर अहिले फलोअरको संख्या बढेर १८ लाख पुगेको छ । मेधाले इष्टामा खासै धेरै पोस्ट गर्दिनन् । तर फिल्मका दर्शकहरुले उनलाई खोजी खोजी फलो गरिरहेका छन् ।

    १२वीं फेल आईपीइस मनोज कुमार शर्माको बायोपिक हो । मनोजको भूमिकामा विक्रान्त मेसी थिए । फिल्म विधु विनोद चोपडाले निर्देशन गरेका हुन् । फिल्मको काहानी आईपीएस बन्न मनोजले गरेको सङ्घर्ष र दुःख वरिपरि घुमेको छ । आलिया भट्ट, दीपिका पादुकोण, ऋतिक रोशन, कंगना रनौत र अनुराग कश्यपजस्ता स्टारहरुले १२वीं फेलको प्रशंसा गर्दै पोस्ट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार