बुधबार, वैशाख २६ गते २०८१

शंकर कोइरालाको निर्देशनमा फिल्म 'मोदिबेनी' बन्ने

शंकर कोइरालाको निर्देशनमा फिल्म 'मोदिबेनी' बन्ने

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • शंकर कोइरालाको निर्देशनमा फिल्म 'मोदिबेनी' बन्ने

    शंकर कोइरालाको निर्देशनमा फिल्म 'मोदिबेनी' बन्ने भएको छ।  माघे सक्रान्तीको अवसर पारेर सोमबार फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहनेछन्।

    images

    करिब ३५/४० वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता केसीले बताएका छन्। फिल्मको कथा आनन्दविक्रम क्षेत्रीले लेखेका हुन्।

    यो फिल्म यही महिनादेखि छायांकनमा जानेछ। यस फिल्मका कलाकारबारे भने जानकारी गराइएको छैन। यस फिल्ममा चर्चित कलाकारहरू रहने र केही दिनमा सार्वजनिक गरिने जानकारी निर्देशकले दिए। 

    निर्देशक कोइरालाले विगत २० वर्षदेखि फिल्म तथा म्युजिक भिडिओ सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडिओ तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार