बिहीबार , वैशाख २७ गते २०८१

सकियो ‘ह्रस्व दीर्घ’को छायाङ्कन

सकियो ‘ह्रस्व दीर्घ’को छायाङ्कन

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • सकियो ‘ह्रस्व दीर्घ’को छायाङ्कन

    काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन सकिएको छ । अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले फिल्मको सुटिङ सकिएको सामाजिक सञ्जाल मार्फत जानकार दिएकी छन् । उनले फिल्म युनिटको एक तस्बिर पोस्ट गर्दै फिल्म प्याकअप भनेर लेखेकी छन् ।

    images

    छायाङ्कन सुरु भएको लामो समयपछि फिल्म सकिएको हो । फिल्मको छायाङ्कन दुई चरणमा भएको छ । पहिलो चरणको छायाङ्कन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको छ ।

    यसै फिल्म मार्फत अभिनेत्री बिपना थापा करिब १३ वर्षपछि अभिनयमा फर्किएकी छन् । फिल्ममा बिपनाको अलवा निता ढुंगाना, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको अभिनय छ । साउथ कलाकार प्रदीप रावतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।

    अभिनेत्री निता ढुंगानाको फिल्म कम्पनी निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार