बुधबार, कात्तिक ७ गते २०८१

बुढेसकालको पीडा बोल्ने गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

बुढेसकालको पीडा बोल्ने गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

अखबार दैनिक
आइतबार, पुस २९ २०८०
  • बुढेसकालको पीडा बोल्ने गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

    काठमाडौँ । आमा–बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमाबाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपस्ट छन् । त्यस्तै कथा बोकेको गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द, सङ्गीत रहेको गीतमा राजनराज, टिका पुन र रिता केसीको स्वर छ ।

    images

    गीतको भिडियो विभोर पोख्रेलले निर्देशन गरेका छन् । रेबेल क्रियशनको प्रस्तुतिमा गगनलाल प्रधानले निर्माण गरेको भिडियोमा हिउँवाला गौतम, सुवाससिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय छ । बालकलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन् । 

    वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको कथा देखाइएको भिडियोमा विशाल थापाको छायाङ्कन, नहकुल खड्काको सम्पादन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ