मंगलबार, मंसिर ११ गते २०८१

गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने २ जना पक्राउ, घर भाडामा लिएर एक वर्षदेखि अवैध धन्दा

गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने २ जना पक्राउ, घर भाडामा लिएर एक वर्षदेखि अवैध धन्दा

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने २ जना पक्राउ, घर भाडामा लिएर एक वर्षदेखि अवैध धन्दा

    काठमाडौँ । लागु औषध गाँजा मिसाएर केक र कुकिज तयार गर्ने कार्यमा संलग्न  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    सामाजिक सञ्जालमा अकाउन्ट बनाएर अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज  बनाई बिक्री वितरण हुने गरेको विशेष सूचनाको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार मोहमद फाजिल र शालोम सादा लेप्चा जैसीलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । 

    उनीहरूले राजधानीको एकान्त कुनामा घर भाडा लिई एक वर्षदेखि यस्तो कार्य गर्दै आएको खुलेको छ । खानतलासीको क्रममा प्रहरीले गाँजा १ केजी १०० ग्राम, डाँठसहितको गाँजा १ केजी ५६८ ग्राम, विक्री गर्न तयारी अवस्थाको केक १ केजी ९०० ग्राम, माईक्रोओभन थान १, बिक्री गर्न  तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १ केजी ३२४ ग्राम र डिजिटल तराजु थान १ लगायतका विभिन्न सामाग्रीहरु समेत  बरामद भएको प्रहरीले जनाएको छ । 

    उनीहरूले गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरु बनाई विगत एक वर्षदेखि अनलाइनमार्फत डेलिभरी गर्ने गरेको खुलेको छ ।  यसअघि  प्रहरीले गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री वितरण गर्ने विशान मानन्धरलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै अहिले पक्राउ परेका दुई जनाले पनि पक्राउ पर्ने डरले पहिले कारोबार गर्दै आइरहेको सामाजिक सञ्जालको पेजलाई  परिवर्तन गरी कारोबार गर्न थालेको खुल्न आएको ब्युरोको भनाइ छ । 

    निजहरू उपर ब्युरोले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान थालिएको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार