शनिबार, वैशाख १५ गते २०८१

नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, महासचिवमा घिमिरे विजयी

नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, महासचिवमा घिमिरे विजयी

अखबार दैनिक
आइतबार, पुस २२ २०८०
  • नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, महासचिवमा घिमिरे विजयी

    पुस २२ काठमाडौं । नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष श्री सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन् । संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।

    images

    २४ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि अध्यक्ष सुदिप थापाको नेतृत्वमा, प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकज लाल प्रधान, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ, सचिव सन्तोष खड्का, सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसि) सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी , रोशन पौडेल, मनिस अधिकारी, प्रभात रिमाल बिजय भएक छन् ।

    संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र नयाँ कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको संघले जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार