मंगलबार, मंसिर ११ गते २०८१

बुढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी

बुढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी

अखबार दैनिक
बुधबार, पुस १८ २०८०
  • बुढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

    images

    चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’ उनले भने ।
    कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको प्रहरीले बताएको छ ।

    सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । तर, यस विषयमा आफूले थप नबोल्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार