आइतबार, कात्तिक १८ गते २०८२

आरती साहका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरु पक्राउ

आरती साहका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरु पक्राउ

अखबार दैनिक
मंगलबार, पुस १७ २०८०
  • आरती साहका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरु पक्राउ

    काठमाडौँ । आरती साहको पक्षमा न्याय माग्दै मानवअधिकार आयोग अगाडी प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी अनिता यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

    अभियानकर्मी अनिता यादवले भनिन्– ‘आरती साहका आमाबुवा २०१ दिनदेखि न्याय माग्दै धर्ना बस्दै आइरहेका छन्, न्याय दिनुको सट्टा उहाँहरुलाई विभिन्न ठाउँबाट धम्की आइरहेको कारण आरती साहको न्याय तथा परिवारको रक्षाका लागि हामीले प्रदर्शन गरेका थियौं ।’

    arati-(1)_2M8rtKH8XM.webp

    सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ । मानवअधिकार आयोगले अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएको भन्दै त्यसको विरोधमा पनि त्यहाँ प्रदर्शन गरिएको उनले बताइन् । दाइजोको निहुँमा छोरी आरती साहको हत्या गरेको उनका आमा–बुवाले दावी गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार