मंगलबार, मंसिर ११ गते २०८१

विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

अखबार दैनिक
सोमबार, पुस १६ २०८०
  • विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

    एजेन्सी - नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ । केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा नयाँ वर्ष मनाइन्छ ।

    images

    प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। अकल्याण्ड र सिड्नीमा निकै तयारी गरिएको छ । सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइँदैछ ।

    नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।

    लाइन टापुका बासिन्दाहरूले सुँगुरको भुटेको मासु, क्रेफिस र परम्परागत खानाको साथ नयाँ वर्ष मनाउँछन्। किरिबाटीको कुल जनसङ्ख्या एक लाख १९ हजार रहेको छ । यसको राजधानी तरावा हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार