मंगलबार, मंसिर ११ गते २०८१

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

अखबार दैनिक
आइतबार, पुस १५ २०८०
  • बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

    काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको छ । ‘पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय भएको छ ।’

    images

    मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

    प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार