मंगलबार, मंसिर ११ गते २०८१

बालकुमारीमा प्रदर्शन गर्ने ५० जनाभन्दा बढी पक्राउ

बालकुमारीमा प्रदर्शन गर्ने ५० जनाभन्दा बढी पक्राउ

अखबार दैनिक
शुक्रबार, पुस १३ २०८०
  • बालकुमारीमा प्रदर्शन गर्ने ५० जनाभन्दा बढी पक्राउ

    काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा संलग्न आरोपमा पक्राउ पर्नेहरुको संख्या ५० नाघेको छ । पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ । 

    images

    मन्त्री चढ्ने गाडी प्रदर्शनकारीले जलाएसँगै प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । दैलेख घर भएका सुजन रावत र डोटी घर भएका विरेन्द्र शाहको मृत्यु भएको छ । 

    प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी जलाएका छन् । 


    रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले ग्वार्को क्षेत्रमा गरेको प्रदर्शनका कारण शुक्रवार सो क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस र त्यसपछि गोली चलाएको थियो । 

    कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडि चक्रपथमा आगजनी गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार