भक्तपुर । चाँगुनारायण नगरपालिकामा अहिले विकास निर्माणको काम धमाधम अगाडि बढ्न थालेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित विकास निर्माणका योजना अहिले धमाधम सञ्चालन भइरएको छन् । यस वर्ष सञ्चालन गर्नुपर्ने केही योजना सम्पन्न भएका छन् भने अधिकांश योजना सम्झौता भएको र केही योजना मात्र सम्झौताको चरणमा रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले चालु आर्थिक वर्षममा सम्पन्न गर्नुपर्ने योजना अहिले धमाधम कार्यान्वयन भइरहेको बताए । “वडास्तरीय र योजना र नगरपालिका स्तरीय योजना नगरपालिकाले कार्यान्वयन गरिरहेका छ ।” उनले भने, “ढिलोमा आगामी चैत मसान्त वा वैशाखको दोस्रो साताभित्रमा सबै योजना सम्पन्न गरिसक्छौँ ।”
गत असारमा नगरपालिकाको सम्पन्न नगरसभाले चालु आर्थिक वर्षका लागि पारित गरेका योजना अहिले धमामम कार्यान्वयनको भइरहेका हुन् ।
नगरपालिकाले सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी नगर प्रवक्ता, सूचना प्रविधि अधिकृतको व्यवस्था गरिएको, नगरपालिकाका निर्णय ओइभसाइड र फेकबुक पेजमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिने गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाले पारित गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयन गरिरहेको, नगर कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि कर्मचारीलाई निर्देशन प्रदान गर्ने गरिएको जनाइएको छ ।