मंगलबार, मंसिर ११ गते २०८१

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

अखबार दैनिक
आइतबार, पुस १ २०८०
  • छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

    आज पुस १ गते विभिन्न कार्यक्रम गरी छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । 

    images

    प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । 

    सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । 

    पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनको माग छ । 

    राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठीक नभएको पनि उनले बताए  । ‘राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारासहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार