झापाको श्री दीपेन्द्र आधारभुत विद्यालयकी बाल शिक्षिका गङ्गामाया तामाङ्ग, उहाँ करिब एकदशक देखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ। उहाँले आफ्ना सानासाना निम्न बर्गका बिधार्थीहरुलाई अभिभावककै रूपमा भुमिका निर्वाह गर्नुहुन्छ। उहाँले कहिले विद्यार्थीहरूलाई विद्यालयमा नुहाईदिएर सफा बनाइदिनुहुन्छ भने कहिले जाडोमा न्यानो कपडाको व्यवस्था मिलाइ दिनुहुन्छ साथै उहाँले गाउँघरमा पढ्नबाट बन्चित बालबालिकाहरुको अभिभावकलाई आफैँ घरमा गएर पढ्नबाट कोहि बन्चित हुनुहुँदैन भनेर पढाइको महत्त्व बुझाइदिनुहुन्छ।