आइतबार, कात्तिक १८ गते २०८२

त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

अखबार दैनिक
शुक्रबार, मंसिर २२ २०८०
  • त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

    काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले  रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । 

    बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । 

    gold-final_dxAEc4f3HQ.jpg

    सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति  उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।  

    चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य  व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार