बुधबार, मंसिर १२ गते २०८१

र्‍याम्पमा बुर्का लगाएर हिँडेपछि विवाद

र्‍याम्पमा बुर्का लगाएर हिँडेपछि विवाद

अखबार दैनिक
बिहीबार , मंसिर १४ २०८०
  • र्‍याम्पमा बुर्का लगाएर हिँडेपछि विवाद

    एजेन्सी - उत्तर प्रदेशको मुजफ्फरनगरमा एक कलेजका छात्राले बुर्का र हिजाब लगाएर र्‍याम्पमा हिँडेको विषयलाई लिएर विवाद बढ्दै गएको छ । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मुस्लिम संगठन जमियत उलेमा–ए–हिन्दले माफी माग्नुपर्ने माग गरेको हो ।

    images

    जमियत उलेमाका मौलाना मुकर्रम कासमीले एक विज्ञप्ति जारी गर्दै आयोजकहरूले मुस्लिमहरूको भावनालाई भड्काएको आरोप लगाए । उनले बुर्का कुनै पनि फेसन शोको हिस्सा नभएको बताए। उनले बुर्का वा हिजाब लगाएर र्‍याम्पमा हिँड्ने युवतीले माफी माग्नुपर्ने बताएका छन् ।

    आइतबार मुजफ्फरनगरको श्री राम कलेजमा एक फेसन शो आयोजना गरिएको थियो, जसमा धेरै सहभागीहरू बुर्का र हिजाब लगाएर र्‍याम्पमा हिँडेका थिए। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि यो विषयमा विवाद सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार