आइतबार, कात्तिक १८ गते २०८२

काठमाडौँ महानगरमा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ महानगरमा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने

अखबार दैनिक
बुधबार, मंसिर १३ २०८०
  • काठमाडौँ महानगरमा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिने भएको छ ।

    महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको सूचना प्रकाशित भएको मितिले १५ दिन पछि महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइने जनाएको हो ।

    सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको महानगरको भनाई छ ।

    सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने समेत महानगरको चेतावनी छ ।

    k-surti-no.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार