काठमाडौं । ट्राफिक प्रहरीले भोलि अत्यावश्यक काममा बाहेक सवारी साधन लिएर घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
उपत्यका ट्राफिक प्रहरीले कार्यालयले बुधबार एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा बाहेक सवारी साधन लिएर घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।
बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ । कार्यालयले सडकमा निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न पनि अनुरोध गरेको छ ।