बुधबार, कात्तिक ७ गते २०८१

रचना र नागेन्द्रको ‘थोपा’ सार्वजनिक

रचना र नागेन्द्रको ‘थोपा’ सार्वजनिक

अखबार दैनिक
बुधबार, मंसिर ६ २०८०
  • रचना र नागेन्द्रको ‘थोपा’ सार्वजनिक

    काठमाडौँ । चर्चित गायिका रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक भएको छ । नवीन श्रेष्ठको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ । 

    images

    गीतको भिडियोमा आर.के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय छ । प्रेमीले धोका दिएपछि एक्लिएकी प्रेमीकाको विरहको कथा बुनिएको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।

    सुदूरपश्चिमको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा सन्तोष तामाङको छायाङ्कन, भद्रजंग कुँवरको सम्पादन छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ