बुधबार, मंसिर १२ गते २०८१

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा

अखबार दैनिक
सोमबार, मंसिर ४ २०८०
  • टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा

    काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ । अन्तरिम आदेशको माग गर्दै दायर करिब १० रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    images

    सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए । कतिपयले प्रतिबनध ठीक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औंल्याएका थिए ।

    पक्ष र विपक्षमा विचार आइरहँदा शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा. सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको दाबी रिटमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार