जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ । त्रिपालमा बस्दै आएका उनीहरुको चिसोका कारण ज्यान गएको हो ।मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल , ४८ वर्षीया पम्फा रावल , बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक ,जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री रहेका छन्।