काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर कैलाश लिम्बुले आईपिएस तालिममा उत्कृष्ट स्थान हासिल गरेका छन् । भारतमा संचालिन इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा उत्कृष्ट भएका लिम्बुले ‘बिएसएफ ट्रफी’ जितेका हुन् ।
बिएसएफ ट्रफी आईपिएस तालिममा भारतीय ‘बोर्डर सेक्युरिटी फोर्स’को नाममा प्रदान गरिन्छ । इन्स्पेक्टर लिम्बु भारतको हैदराबाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमाा आईपीएस तालिमका लागी नेपाल प्रहरीबाट छनोट भएका हुन् ।
१० महिना लामो तालिम पछि ‘आउटडोर स्टडिज’ तर्फ लिम्बुले ट्रफी जितेका हुन् । सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा उनलाई ट्रफी प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।