बुधबार, मंसिर १२ गते २०८१

महान चाड विजय दशमी अगी नै सञ्चालन हुँदै कालीगण्डकी किनारमा रहेको ‘हार्नेस जिपलाईन एडभेन्चर रिसोर्ट’

महान चाड विजय दशमी अगी नै सञ्चालन हुँदै कालीगण्डकी किनारमा रहेको ‘हार्नेस जिपलाईन एडभेन्चर रिसोर्ट’

अखबार दैनिक
शुक्रबार, असोज २६ २०८०
  • महान चाड विजय दशमी अगी नै सञ्चालन हुँदै कालीगण्डकी किनारमा रहेको ‘हार्नेस जिपलाईन एडभेन्चर रिसोर्ट’

    पर्वत - विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा. लि’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ।

    images

    साहसिक पर्यटनको जिल्लाको रूपमा विकास भइरहेको पर्वतमा साहसिक खेल र पर्यटनमा रमाउनेहरू तथा पोखराबाट सडक मार्ग हुँदै अर्को पर्यटकीय जिल्ला मुस्ताङ आउ जाउ गर्ने पर्यटकहरूलाई ध्यानमा राखेर मध्यपहाडी लोक मार्गको नजिकै ‘रिसोर्ट’ निर्माण भएको छ। ‘स्विमिङ पुल’, ‘साउना स्टीम’, नेपालमा नै पहिलो पटक ‘इग्लू रुम’, कालीगण्डकीमा ‘र्‍याफ्टीङ’, वाल उद्यान, ‘स्नुकर’, ‘बिच भलिबल’, ‘मट्टी थेरापी’ लगायतका सुविधाहरू सहित ‘रिसोर्ट’ निर्माण भएको अध्यक्ष सुनिल बानियाँले बताए। ‘रिसोर्ट’ मा कार्यक्रम सञ्चालन गर्नको लागि बनेको हल लगायतका ‘टेन्ट रुम’ हरू पनि धौलागिरिमा पहिलो पटक बनेको उनको दाबी छ। सेमिनार हलमा करिब तीन सय जना सहित ‘टेन्ट’ सहितका कोठाहरूमा एक रातमा ३० जनासम्म राख्न सक्ने गरी निर्माण गरिएको छ।

    387471944_778315134064543_6213426928102412485_n.jpg

    पाहुनाको माग आउन सक्छ भन्ने बारेमा पहिले नै सोचेर त्यही अनुसारको व्यवस्थापन गरेका छौँ। एडभेन्चरमा रमाउन चाहनेहरूको  लागि जिपलाइन गरेर रिसोर्टमा पुगेर आनन्द लिने, खेल्ने, रमाउने कुराले पर्यटकलाई आकर्षित गर्ने छ’, उनले भने, ‘यही बाटो हुँदै सयौँ पर्यटकहरु मुस्ताङ आउजाउ गरिरहेका हुन्छन्। तर उनीहरूले कुश्मामा एक रात पनि बिताएको खासै देखिएको छैन। सुलभ मूल्यमा प्याकेज सहितका साहसिक मनोरञ्जनले ती पर्यटकहरूलाई कुश्मामा रोक्न सक्छन् भन्ने हाम्रो विश्वास छ।’

    387526746_327036363250956_1288377606209453787_n.jpg

     काठमाडौँ वा देशका अन्य सहरबाट मुस्ताङ आउनेहरू एकै दिनमा पुग्न नसक्ने भएकाले एक रातको बसाइका लागि पनि ‘रिसोर्ट’ उत्तम माध्यम हुने सञ्चालकहरू बताउँछन्। मुस्ताङ–पोखरा सडक खण्ड अन्तर्गत जाने मध्यपहाडी लोकमार्ग नजिकै रहनु र ‘रिसोर्ट’ कालीगण्डकी नदी किनारमै रहेका कारण पनि धार्मिक पर्यटकहरु पर्वतमा आकर्षित हुन सक्छन्। रिसोर्टमा तयार पारिएका कोठा र टेन्टबाट सिधै कालीगण्डकी नदी अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएकाले पनि पर्यटकहरु पवित्र कालीगण्डकीमा रमाउन सक्ने छन्। कम्पनीले स्थानीय खानाका परिकार, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘रिसोर्ट’ को आकर्षक खाद्य वस्तुका रूपमा राख्ने तयारी छ।

    370200480_1083387903035049_3012712735046923951_n.jpg

    ‘रिसोर्ट’ सञ्चालकहरूका लागि आम्दानीको स्रोत मात्र नभई पर्वतलाई नै आर्थिक रूपमा चलायमान बनाउने एउटा साधन हुने बानीयाले बताए। ‘जिपलाइन’ र ‘रिसोर्ट’ मा गरेर करिब ८०\९० जनालाई रोजगारी दिइने बताउँदै उनले हाल देखिएको बेरोजगारी समस्या समाधानमा पनि आफूहरूको योगदान रहने उनको भनाइ छ।

    387523941_264378716032691_2039604984844457269_n.jpg387583249_705119244419496_1613240256366987379_n.jpg370200480_1083387903035049_3012712735046923951_n.jpg

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार