शनिबार, जेठ ५ गते २०८१

इजरायलबाट नेपाल आइपुगिन् फुटबलर सावित्रा

इजरायलबाट नेपाल आइपुगिन् फुटबलर सावित्रा

अखबार दैनिक
बिहीबार , असोज २५ २०८०
  • इजरायलबाट नेपाल आइपुगिन् फुटबलर सावित्रा

    २५ असोज, काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।

    images

    सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

    सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र भएपनि युरोपेली फुटबल महासंघमा आबद्ध भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

    अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् ।

    हमासको आक्रमणमा १० नेपालीको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार