बुधबार, कात्तिक ७ गते २०८१

चिरञ्जीवी र अञ्जुको ‘हरामी’ मा दुर्गेश र गरिमा

चिरञ्जीवी र अञ्जुको ‘हरामी’ मा दुर्गेश र गरिमा

अखबार दैनिक
सोमबार, असोज २२ २०८०
  • चिरञ्जीवी र अञ्जुको ‘हरामी’ मा दुर्गेश र गरिमा

    काठमाडौंँ । गायक चिरञ्जीवी भण्डारीलेको नयाँ गीत ‘हरामी’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक भण्डारीलाई लोकप्रिय गायिका अञ्जु पन्तले साथ दिएकी छन् । प्रतिमा गुरुङको शब्द, भिम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन गीतमा छ । गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपाली लगायतको अभिनय छ ।

    images

    गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, बिष्णु खड्काको सम्पादन छ । गीत गायक चिरञ्जीवीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

    चिरञ्जीवी आफै संगीतकार पनि हुन् । उनका यसअघि बिस्तारै बिस्तारै, बदमाश, मायालु तिमी मेरो, तिमीसँंगै हुन, यो मायाले, पैसा फ्यांक तमाशा देख, बच्चाकी आमा, तिमि छौ र त, त्यो दिन सम्झ, गल्ती के भयो लगायतका दर्जनौ गीत सार्वजनिक भैसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ