काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।
टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।