बुधबार, मंसिर १२ गते २०८१

पाटन दरबार क्षेत्रमा ढल प्रणालीसँगै अन्य पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा

पाटन दरबार क्षेत्रमा ढल प्रणालीसँगै अन्य पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा

अखबार दैनिक
आइतबार, असोज २१ २०८०
  • पाटन दरबार क्षेत्रमा ढल प्रणालीसँगै अन्य पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्यसँगसँगै विद्युतका केबल भूमिगत गर्ने र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

    images

    ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी एसियाली विकास बैंकको ऋण सहयोग र ललितपुर महानगरपालिकाको लगानीबाट पाटन दरबार क्षेत्र तथा आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणालीको निर्माण कार्य हुँदै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक एवम् प्रवक्ता इन्जिनियर चन्द्र कुमार पाँ श्रेष्ठले जनाएका छन् ।

    आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौँ उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढल प्रणाली निर्माण भएसँगै यस वर्षको वर्षायाममा ठूलो पानी पर्दासमेत पाटन दरबार स्क्वायर क्षेत्रका सडक जलमग्न हुनबाट जोगिएको र ढल तथा मङ्गलमा जाम हुने समस्या समेत समाधान भएको उनको भनाइ छ ।

    पाटन दरबार स्क्वायर क्षेत्रमा निर्माण गरिएको ढल प्रणालीका बारेमा जानकारी लिन नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंकका कार्यकारी निर्देशक च्यान्टेल वाङ नेतृत्वको टोलीले असोज २० गते पाटन दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको जनाइएको छ ।

    सो अवसरमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माणको कार्यसँगसँगै विद्युत तथा टेलिफोनका लाइन भूमिगत गर्ने कार्यसमेत सम्बन्धित निकायहरूबाट हुँदै आएको जानकारी दिएका थिए ।

    पाटन दरबार क्षेत्रमा नमूनाका रूपमा गरिएको ढल व्यवस्थापन कार्यबाट सम्पदा क्षेत्रमा कार्य गर्ने राम्रो अनुभव हासिल भएको उल्लेख गर्दै सापकोटाले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानीय तहबाट पनि सम्पदा क्षेत्रहरूमा ढल प्रणाली निर्माणको माग आएको जानकारी दिए ।

    स्थलगत अवलोकनमा एसियाली विकास बैंकका सञ्चालक समितिका कार्यकारी निर्देशक तथा वैकल्पिक कार्यकारी निर्देशकहरू, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिव लगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार