शनिबार, जेठ ५ गते २०८१

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

अखबार दैनिक
बिहीबार , असोज १८ २०८०
  • अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

    चीनमा चलिरहेकाे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

    images

    क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज बिहीवार स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको प्रतिक्रिया दिए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहाेर्नु परेको उनले बताए ।

    कप्तान पाैडेलले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको बताए । आउँदा दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनकाे विश्वास छ ।

    त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी लागेकाे प्रतिक्रिया दिए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । एसियाली खेलकुदमा अनुभव बटुल्ने मौका मिलेकाे भन्दै आउँदा दिनमा झनै राम्रो गर्ने ऐरीकाे भनाइ छ ।

    प्रतियाेगितामा सहभागी भई स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो । एसियाली खेलकुदमा नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पनि नेपालले पहिलो खेलमा मङ्गोलिया र दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार