बुधबार, मंसिर १२ गते २०८१

शिक्षक आन्दोलन : सडकमा प्रदर्शनसँगै नाचगान

शिक्षक आन्दोलन : सडकमा प्रदर्शनसँगै नाचगान

अखबार दैनिक
शुक्रबार, असोज ५ २०८०
  • शिक्षक आन्दोलन : सडकमा प्रदर्शनसँगै नाचगान

    ४ असोज, काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    images

    विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

    Teacher-andolan-2-Dancing.jpg

    आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । माइतीघर मण्डलामा जम्मा भएर शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै छन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगानसमेत गरेका छन ।

    Nisedhit-Kshetra-nishedha.jpg

    उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्तीभएको छ । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ