शनिबार, जेठ ५ गते २०८१

अभ्यासका क्रममा घाइते भएपछि ललित राजवंशीले एसियाली खेलकुद गुमाउने

अभ्यासका क्रममा घाइते भएपछि ललित राजवंशीले एसियाली खेलकुद गुमाउने

अखबार दैनिक
बिहीबार , असोज ४ २०८०
  • अभ्यासका क्रममा घाइते भएपछि ललित राजवंशीले एसियाली खेलकुद गुमाउने

    काठमाडौँ । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताअघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । एसियाली खेलकुद सुरु हुन एक साताभन्दा पनि कब समय बाँकी रहँदा ललित घाइते भएका हुन् । 

    images

    २४ वर्षीय बायाँ हाते स्पिनर ललित बुधबार अभ्यासका क्रममा घाइते भएका हुन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ । 

    ललितले अब एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ । 

    नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले भने सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । 

    नेपालको अन्तर्राष्ट्रिय सफलताहरूमा ललितले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । ललितले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार