शनिबार, जेठ ५ गते २०८१

एसिया कप : भारत र श्रीलङ्काबीच फाइनलमा आठौँ भिडन्त

एसिया कप : भारत र श्रीलङ्काबीच फाइनलमा आठौँ भिडन्त

अखबार दैनिक
आइतबार, भदौ ३१ २०८०
  • एसिया कप : भारत र श्रीलङ्काबीच फाइनलमा आठौँ भिडन्त

    एजेन्सी - एसिया कपको फाइनल खेल आइतबार भारत र श्रीलङ्काबीच कोलम्बोमा हुँदैछ । यस प्रतियोगिताको इतिहासमा यी दुई टोलीबीचको यो आठौँ फाइनल हुनेछ। 

    images

    एसिया कप बाहेक विभिन्न १२ प्रतियोगिताको फाइनलमा पनि दुवै टोली भिडेका छन् । यसमा एकदिवसीय विश्वकपको फाइनल, टी–२० विश्वकपको फाइनल र च्याम्पियन्स ट्रफीको फाइनल पनि समावेश छन् ।

    भारत र श्रीलङ्काबीच हालसम्म १९ फाइनल भइसकेको छ, दुवैले ९–९ पटक जितेका छन् । उनीहरूबीच नतिजाविहीन फाइनल पनि भएको छ । आईसीसी, एसीसी र ट्राई सिरिजका सबै प्रतियोगितासहित २० औँ पटक उपाधि खेलमा भारत र श्रीलङ्का आमनेसामने हुँदैछन् । 

    पछिल्लो उपाधि भिडन्तमा श्रीलङ्का विजयी
    भारत र श्रीलङ्का पछिल्लो पटक सन् २०१४ मा फाइनलमा भिडेका थिए । त्यतिबेला बंगलादेशमा भएको टी–२० विश्वकपको उपाधिका लागि दुवै भिडेका थिए । 

    ६ अप्रिल २०१४ मा मिरपुरको शेर-ए-बंगला रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै भारतले ४ विकेट गुमाएर १३० रन बनाएको थियो। जवाफमा श्रीलङ्काले १७.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। खेलमा नटआउट ५२ रनको इनिङ्स खेलेका श्रीलङ्काका कुमार संगकारा प्लेयर अफ द म्याच भए ।

    एकदिवसीय विश्वकपको फाइनलमा भारतको जीत
    सन् २०११ मा आईसीसी एकदिवसीय विश्वकप भारत, श्रीलङ्का र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । समूह ‘ए’ मा रहेको भारत र समूह ‘बी’ मा रहेको श्रीलङ्का नकआउट चरणमा प्रवेश गरेका थिए । 

    भारतले क्वाटरफाइनलमा अस्ट्रेलियालाई र सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । श्रीलङ्काले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई र सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।

    फाइनल खेल भारत र श्रीलङ्काबीच २ अप्रिलमा मुम्बईको वानखेडे मैदानमा भएको थियो । पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा भारतले ४८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । खेलमा ९१ रनको नटआउट इनिङ्स खेलेका महेन्द्र सिंह धोनी प्लेयर अफ द म्याच भए । उनले फाइनलमा विजयी छक्का पनि प्रहार गरे ।

    च्याम्पियन्स ट्रफीमा एक फाइनल दुई पटक खेले पनि नतिजा आएन
    सन् २००२ मा भारत र श्रीलंकासँगै च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेका थिए । खेल २९ सेप्टेम्बरमा कोलम्बोको मैदानमा भएको थियो । पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा २४४ रन बनाएको थियो । जवाफमा भारतले २ ओभरमा बिना कुनै विकेटको १४ रन 

    फाइनल खेल सेप्टेम्बर ३० मा फेरि भयो । रिजर्भ दिनमा खेल सुरुबाटै खेलिएको थियो । यसपटक पनि श्रीलङ्काले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २२२ रन बनाएको थियो । भारतले ८.४ ओभर खेल्दै ३८ रन बनाएपछि यस दिन पनि पानी परेको थियो । खेल अनिर्णीत रह्यो र दुवै टोलीले ट्रफी बाँडे।

    एसिया कपको फाइनलमा ७ भिडन्त, भारत ४ पटक च्याम्पियन
    एसिया कपमा १३ वर्षपछि उपाधिका लागि दुवै टोली आमनेसामने हुँदैछन् । यी दुईबीचको अन्तिम फाइनल खेल २०१० मा डम्बुला मैदानमा भएको थियो, जसमा भारतले ८१ रनले जितेको थियो। यी दुईबीच अहिलेसम्म ७ पटक एसिया कपको फाइनल भइसकेको छ, जसमा भारतले ४ पटक र श्रीलङ्काले ३ पटक जितेको छ । 

    एसीसी र आईसीसी प्रतियोगिता बाहेक भारत र श्रीलङ्काका टोली विभिन्न प्रतियोगिताको फाइनलमा ९ पटक भिडेका छन् । यी प्रतियोगिताहरूमा ३ या ४ टोली समावेश थिए। 

    –  सन् १९९४ मा, सिंगर विश्व शृङ्खलाको फाइनल कोलम्बोमा आयोजित भएको थियो। भारत ६ विकेटले विजयी भएको थियो ।

    –सन् १९९८ मा कोलम्बोमा सिंगर-अकाई निदाहास ट्रफीको फाइनल भएको थियो। उक्त खेलमा भारत ६ रनले विजयी भएको थियो ।

    –सन् २००० मा, कोका-कोला च्याम्पियन्स ट्रफी को फाइनल शारजाह, यूएईमा आयोजित भएको थियो। खेलमा श्रीलङ्का २४५ रनले विजयी भएको थियो ।

    –सन् २००१ कोका-कोला कपको फाइनल कोलम्बोमा भएको थियो। श्रीलङ्का १२१ रनले विजयी भएको थियो ।

    –सन् २००५ मा इन्डियन ओयल कपको फाइनल कोलम्बोमा भएको थियो। खेलमा श्रीलङ्का १८ रनले विजयी भएको थियो ।

    –सन् २००९ को कम्प्याक कपको फाइनल कोलम्बोमा भएको थियो। उक्त खेल भारतले ४६ रनले जितेको थियो ।

    –सन् २०१० जनवरी मा, मिरपुरमा त्रिदेशीय प्रतियोगिताको फाइनल भएको थियो। श्रीलङ्का ४ विकेटले विजयी भएको थियो ।

    –अगस्त २०१० मा त्रिदेशीय सिरिजको फाइनल डम्बुलामा भएको थियो। खेलमा श्रीलङ्का ७४ रनले विजयी भएको थियो ।

    –सन् २०१३ मा त्रिकोणीय शृङ्खला फाइनल पोर्ट अफ स्पेनमा भएको थियो । भारतले एक विकेटले खेल जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार