शनिबार, जेठ ५ गते २०८१

एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

अखबार दैनिक
शुक्रबार, भदौ २९ २०८०
  • एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिता बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    images

    घोषित टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।

    यसैगरी बन्द प्रशिक्षणका लागि घोषित टोलीमा प्रज्ज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादब, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अविनाष तिवारी, नरेश भट्ट र निरज यादबले पनि स्थान पाएका छन् । 

    एसीसी यू—१९ प्रिमियर कप आगामी अक्टोबर १२ देखी २४ तारिखसम्म मलेसियामा आयोजना हुँदै छ । उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगिताका उत्कृष्ट तीनवटा टोलीले आगामी डिसेम्बरमा आयोजना हुने यू—१९ एसिया कपमा सहभागिता जनाउने अवसर पाउनेछन् । 

    नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा चीन, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’ मा कुवेत, मालदिभ्स, सिंगापुर र थाइल्यान्ड रहेका छन् । समूह ‘डी’ मा हङ्कङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार