शनिबार, जेठ ५ गते २०८१

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

अखबार दैनिक
शुक्रबार, भदौ २९ २०८०
  • फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

    २९ भदौ, काठमाडौं । फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लिओनल मेसी पनि अवार्डको दाबेदारको रुपमा छन् ।

    images

    क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा छैनन् । पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । जसमा मेसीसहित पिएसजीका केलिएन एमबाप्पे र सिटीका एर्लिङ हालान्ड मुख्य दाबेदार छन् ।

    यसबाहेक सिटीका युलियन अल्भारेज, राेड्री, बर्नार्डाे शिल्भा, केभिन डे ब्रुएना छन् । गत सिजन सिटीमा ट्रेबल जितेर यस सिजन बार्सिलोना पुगेका ईल्के गुन्डोगान पनि मनोनयनमा छन् ।

    यस्तै आर्सनलका डेक्लान राई, नापाेलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासेरका मार्सेलो ब्रोजोभिच छन् । महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बाेनमाटीसहित १६ खेलाडी मनोनयनमा छन् ।

    पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमाेन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी छन् ।

    fifa-best-awards-2023-nominees.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार