बुधबार, मंसिर १२ गते २०८१

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

अखबार दैनिक
शुक्रबार, भदौ २९ २०८०
  • काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

    images

    त्यस्तै ६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार(के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

    तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी  स्युचाटार(टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ। 

    nea-1694651767_reqqJJWTov.webp

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार