आइतबार, मंसिर ९ गते २०८१

भारोत्तोलन खेलाडी विशालसिंहले बनाए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान

भारोत्तोलन खेलाडी विशालसिंहले बनाए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान

अखबार दैनिक
बुधबार, भदौ २७ २०८०
  • भारोत्तोलन खेलाडी विशालसिंहले बनाए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान

    २७ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरबको रियादमा जारी आईडब्लुए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    images

    उनले पुरुष ९६ केजी तौल समूहमा स्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले बनाएको छ । विशालले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।

    विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

    विशालले यसअधि गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा विशाल सिंहले ब्याचमा १२० केजी, क्लिन एण्ड जर्कमा १६१ र समग्रमा १८१ केजीको कीर्तिमान बनाएका थिए ।

    यसअघि नेपालका अर्का खेलाडी विकास भट्टले पुरुष ११ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

    १६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा नेपालबाट ५ खेलाडी सहभागी छन् । महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारद चौधरीको प्रतिस्पर्धा सकिसकेको छ । महिला खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् ।

    विशाल, विशाल, टिकामाया र शारदा चारै खेलाडीले चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउनेछन् ।

    अब वर्ल्ड च्याम्पियनसिपमा नेपालका सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ । उनले पुरुष १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ