शनिबार, जेठ ५ गते २०८१

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

अखबार दैनिक
आइतबार, भदौ २४ २०८०
  • नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

    २४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ ।

    images

    थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो ।

    समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो ।

    नेपालकै समूहमा रहेको समूह ए को विजेता यूएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो । नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार