शनिबार, जेठ ५ गते २०८१

साउदीमा हुने भयो क्लब विश्वकप, को को खेल्दैछन् ?

साउदीमा हुने भयो क्लब विश्वकप, को को खेल्दैछन् ?

अखबार दैनिक
बिहीबार , भदौ २१ २०८०
  • साउदीमा हुने भयो क्लब विश्वकप, को को खेल्दैछन् ?

    काठमाडौँ । फिफा क्लब विश्वकपको ड्र सार्बजनिक भएको छ । यस बर्षको फिफा क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म साउदी अरेबियामा हुने भएको छ । फिफा क्लब विश्वकपका खेल साउदीको जेहादस्थित दुई स्टेडियम किंग्स अब्दुल्लाह स्पोर्ट्स सिटी र प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुने छन् । 

    images

    फिफाको क्लब विश्वकपमा हरेक फुटबल महासंघका च्याम्पियनले भाग लिने गर्दछन् । यस बर्ष आयोजकको हिसाबले साउदी च्याम्पियन अल इत्तिहाद, २०२२ को एएफसी च्याम्पियन्स लिग विजेता जापानको उर्रावा रेड डायमण्डस, युइएफए च्याम्पियन्स लिगको विजेता इङल्याण्डको म्यानचेस्टर सिटी, अफ्रिकन च्याम्पियन्स लिगको विजेता इजिप्टको क्लब अल अहली, ओसियान क्लब च्याम्पियन्स लिगको विजेता न्यूजील्याण्डको क्लब अकल्याण्ड सिटी, नोर्थ र सेन्टर अमेरिकी च्याम्पियन्स लिगको विजेता मेक्सिकन क्लब लिओन र दक्षिण अमेरिकी च्याम्पिन टिमले भाग लिदै छन् ।

    दक्षिण अमेरिकी कोपा लिबेर्टाडोरेजको फाइनल नोभेम्बर ४ मा हुने भएकाले त्यसपछि मात्र यस क्षेत्रबाट क्लब विश्वकपमा खेल्ने टिमको टुंगो लाग्ने छ ।

    अब क्लब विश्वकपको पहिलो चरणको खेल डिसेम्बर १२ मा आयोजक अल इत्तिहाद र ओसियाना क्षेत्र च्याम्पियन अक्ल्याण्ड सिटीबीच खेल हुने छ ।

    त्यस्तै दोस्रो चरणको पहिलो खेल डिसेम्बर १५ मा पहिलो चरणको विजेताले अफ्रिकी च्याम्पियन अल अहलीसँग भिड्ने छ । त्यस्तै दोस्रो चरणको दोस्रो खेल डिसेम्बर १५ मा उर्रावा रेड डायमण्डस र क्लब लिओन भिड्ने छन् । 

    त्यस्तै दक्षिण अमेरिकी च्याम्पियन र म्यानचेस्टर सिटीले भने सिधै सेमिफाइनलमा खेल्ने छन् । सेमिफाइनलमा दोस्रो चरणको पहिलो खेलको विजेता (दोस्रो चरणको पहिलो खेलमा पहिलो चरणको विजेताले अफ्रिकी च्याम्पियन अल अहली) ले दक्षिण अमेरिकी च्याम्पियनसँग डिसेम्बर १८ मा खेल्ने छ भने दोस्रो चरणको दोस्रो खेल (दोस्रो चरणको दोस्रो खेलमा उर्रावा रेड डायमण्डस र क्लब लिओन) को विजेताले म्यानचेस्टर सिटीको सामना डिसेम्बर १९ मा गर्ने छ ।

    त्यस्तै फाइनल र तेस्रो स्थानको खेल डिसेम्बर २२ मा हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार