शनिबार, जेठ ५ गते २०८१

बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

अखबार दैनिक
बुधबार, भदौ २० २०८०
  • बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

    २० भदौ, काठमाडौं । बुकायो साका लगातार दोस्रो वर्ष इंग्लयाण्डको वर्ष खेलाडी घोषित भएका छन् ।

    images

    मंगलबारबाट २२ वर्ष लागेका आर्सनलका विंगरले सपोर्टरको मतका आधारमा २०२१-२२ मा जितेको अवार्डलाई फेरि जित्न सफल भएका हुन् । मिडफिल्डर जुड बेलिङहम दोस्रो र ह्यारी केन तेस्रो स्थानमा रहे ।

    साकाले इंग्ल्याण्डका लागि १० खेल खेल्दै ७ गोल गरेका हुन् । उनले ओल्ड ट्राफोर्डमा नर्थ मेसोडोनिया विरुद्ध ७-० को जितमा करियरकै पहिलो ह्याट्रिक गरेका थिए । गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपमा साकाले इंग्ल्याण्डका लागि ३ गोल गरेका थिए ।

    साकाले गत सिजन आर्सनलमा गरेको प्रदर्शनका आधारमा पीएफए युवा वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।

    युरो २०२४ छनोट अन्तर्गत युक्रेन विरुद्धको खेल र स्कटल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि साका ग्यारेथ साउथगेटको इंग्लिस टिममा समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार