शनिबार, जेठ ५ गते २०८१

भारतविरुद्धको खेलमा खेलाडीलाई सिटिजन्स लाइफको हौसला, प्रत्येक एक छक्कमा १ लाख !

भारतविरुद्धको खेलमा खेलाडीलाई सिटिजन्स लाइफको हौसला, प्रत्येक एक छक्कमा १ लाख !

अखबार दैनिक
सोमबार, भदौ १८ २०८०
  • भारतविरुद्धको खेलमा खेलाडीलाई सिटिजन्स लाइफको हौसला, प्रत्येक एक छक्कमा १ लाख !

    काठमाडौँ । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध खेलिरहेको नेपाली टोलीलाई विभिन्न क्षेत्रले हौसला थपिरहेका छन् । 

    images

    यसैक्रममा सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले प्रत्येक छक्का प्रहारमा १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

    कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी सेयर गर्दै खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ दिने घोषणा गरेको हो । 

    यस्तै, भारतका बलरविरुद्ध नेपाली ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार दिने समेत कम्पनीले जनाएको छ ।

    यसबाहेक, भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई समेत प्रति विकट ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । एसिया कपको दोस्रो खेलमा नेपालले यतिबेला भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । यसअघि पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार