शनिबार, जेठ ५ गते २०८१

नेपाल र भारतको खेल हेर्न वीरगञ्ज उपमहानगरमा बिदा

नेपाल र भारतको खेल हेर्न वीरगञ्ज उपमहानगरमा बिदा

अखबार दैनिक
सोमबार, भदौ १८ २०८०
  • नेपाल र भारतको खेल हेर्न वीरगञ्ज उपमहानगरमा बिदा

    जनकपुरधाम । नेपाल भारतको खेल हेर्न वीरगञ्ज उपमहानगरपालिकाले पनि बिदा दिएको छ । उपमहानगरपालिकाको शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न निर्देशन दिएको हो ।

    images

    क्रिकेट प्रति खेल प्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाल टिमको हौसला बढाउन विद्यालयमा बिदाको घोषणा गरिएको सूचनामा उल्लेख छ । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले पाकिस्तानसँगको खेल र आज हुने खेल हेर्न दिउँसो २ बजेदेखि बिदा दिएको छ ।

    श्रीलङ्काको क्याण्डीमा दिउँसो सवा ३ बजेदेखि हुने खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई ऐतिहासिक खेलको रूपमा लिइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार