शनिबार, जेठ ५ गते २०८१

सात पटकको च्याम्पियनलाई ‘डेब्युटेन्ट’ नेपालको चुनौती, आज पनि वर्षाको सम्भावना

सात पटकको च्याम्पियनलाई ‘डेब्युटेन्ट’ नेपालको चुनौती, आज पनि वर्षाको सम्भावना

अखबार दैनिक
सोमबार, भदौ १८ २०८०
  • सात पटकको च्याम्पियनलाई ‘डेब्युटेन्ट’ नेपालको चुनौती, आज पनि वर्षाको सम्भावना

    काठमाडौं। नेपाली क्रिकेट टोलीले इतिहासमै पहिलो पटक भारतको सिनियर टोलीविरुद्ध आज खेल्दैछ। एसिया कपको समूह ‘ए’को खेलमा आज नेपाल र भारत श्रीलंकाको पल्लेकेले स्टेडियममा दिउँसो सवा ३ बजे आमनेसामने हुनेछन्।

    images

    दुवै टोली समूहमा आफ्नो दोस्रो खेल खेल्न गइरहेका छन्। पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको फराकिलो हार ब्यहोरेको थियो भने भारत र पाकिस्तानबीचको खेलमा वर्षा हुँदा वासआउट भएको थियो। अर्थात समूह ‘ए’मा पाकिस्तानको ३ अंक छ भने भारतको १ र नेपाल अंकविहीन छ।

    वर्षाले बाधा पुर्‍याउने सम्भावना
    भारत र पाकिस्तानको खेलमा जस्तै आजको खेलमा पनि वर्षा बाधक बन्‍न सक्ने सम्भावना रहेको भारतीय सञ्‍चारमाध्यमहरुले उल्लेख छन्। खेल वर्षाका कारण हुन नसके नेपाल बाहिरिने छ र भारत सुपरफोरमा पुग्‍नेछ। यदि नेपालले जितेको खण्डमा भने सुपरफोरको सम्भावना कायम रहन्छ।

    इएसपीएनक्रिकइन्फोले श्रीलंकामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको जनाएको छ।

    प्लेयर्स टू वाच
    बलियो ब्याटिङ साइड भारतविरुद्ध ललित राजवंशी नेपालका लागि महत्वपूर्ण बन्‍न सक्छन्। पाकिस्तानले ३४२ रनको विशाल स्कोर खडा गर्दा राजवंशीले ३३ डटबल फ्याक्दै महत्वपूर्ण योगदान दिएका थिए।

    उनले १० ओभरमा मात्र ४८ रन दिएका थिए। त्यस्तै जिम्बावेमा पनि वेस्टइण्डिजविरुद्धको खेलमा उनको प्रदर्शन महत्वपूर्ण थियो।

    भारतीय प्रभावशाली फास्टबलर जसप्रित बुमराह नेपालविरुद्धको खेलमा हुने छैनन्। उनी व्यक्तिगत कारणले मुम्बइ फर्किएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। उनको स्थानमा मोहम्मद शमी हुने सम्भावना छ।

    पछिल्ला खेलहरुमा नेपालको लागि प्रभावशाली प्रदर्शन गर्ने खेलाडी हुन् सोमपाल कामी। पाकिस्तानविरुद्ध बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका थिए।

    त्यसअघि इमर्जिङ टिम्स एसिया कपमा पनि सम्झन योग्य प्रदर्शन सोमपालकै थियो। त्यसैले पनि प्रशिक्षक मोन्टी देशाइले उनलाई ब्‍याटिङ अर्डर प्रोमोट गरेर पाकिस्तानविरुद्ध शीर्षक्रममै ब्याटिङ गर्न पठाएका थिए।

    भारतीय टोलीमा कप्तान रोहित शर्मा, विराट कोहली जतिबेला पनि जोखिम बन्‍न सक्छन्। त्यस्तै अलराउण्डर हार्दिक पाण्ड्याको प्रदर्शन पनि महत्वपूर्ण हुने गर्छ। पाकिस्तानविरुद्धको खेलमा धर्मराएको ब्याटिङलाई सम्हाल्दै उनले सर्वाधिक ८७ रन बनाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार