शनिबार, जेठ ५ गते २०८१

नेपाल-भारतबीचको क्रिकेट हेर्न मेयर बालेन शाह श्रीलंका जाँदै

नेपाल-भारतबीचको क्रिकेट हेर्न मेयर बालेन शाह श्रीलंका जाँदै

अखबार दैनिक
आइतबार, भदौ १७ २०८०
  • नेपाल-भारतबीचको क्रिकेट हेर्न मेयर बालेन शाह श्रीलंका जाँदै

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन‍्। उनी एसिया कप क्रिकेटअन्तर्गत नेपाल–भारतको खेल हेर्न श्रीलंका जान लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। ‘उहाँ आज अपराह्न ४ बजे श्रीलंका जाँदै हुनुहुन्छ,’ प्रवक्ता मानन्धरले भने।

    images

    सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। मेयर बालेन शाह हिमालयन एयरलाइन्समार्फत् श्रीलंका जाँदै छन्।

    नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो। नेपाल–भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार