शनिबार, जेठ ५ गते २०८१

जुनियर पौडी प्रतियोगितामा नेपालका ६ खेलाडी

जुनियर पौडी प्रतियोगितामा नेपालका ६ खेलाडी

अखबार दैनिक
शुक्रबार, भदौ १५ २०८०
  • जुनियर पौडी प्रतियोगितामा नेपालका ६ खेलाडी

    काठमाडौँ । नेपाली खेलाडीले इजरायलमा आयोजना हुने ‘वर्ल्ड अक्वाटिक वर्ल्ड जुनियर च्याम्पियनसिप—२०२३’ मा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली पौडी टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले शुभकामनासहित बिदाइ गरे ।

    images

    भदौ १८ देखि २३ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन जाने खेलाडीमा अजलकाजी ताम्राकार (५० मिटर बटरफ्लाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरफ्लाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) तथा टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन् ।

    यसैगरी नेपाली टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार बिहान इजरायलतर्फ प्रस्थान गर्ने पौडी संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार