शनिबार, जेठ ५ गते २०८१

ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने

ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने

अखबार दैनिक
बुधबार, भदौ १३ २०८०
  • ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने

    काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् ।

    images

    सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए ।


    सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए ।

    नेपाललाई एसिया कपमा पुर्‍याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार