शनिबार, जेठ ५ गते २०८१

तेक्वान्दोका दीपक विष्ट र फुटबलर विमल घर्ती मगरले दिए क्रिकेट खेलाडीलाई जितको शुभकामना

तेक्वान्दोका दीपक विष्ट र फुटबलर विमल घर्ती मगरले दिए क्रिकेट खेलाडीलाई जितको शुभकामना

अखबार दैनिक
बुधबार, भदौ १३ २०८०
  • तेक्वान्दोका दीपक विष्ट र फुटबलर विमल घर्ती मगरले दिए क्रिकेट खेलाडीलाई जितको शुभकामना

    काठमाडौँ । नेपाली क्रिकेट टोलीले बुधबार दिउँसो आयोजक पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दै छ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन समारोह हुनेछ ।  

    images

    पहिलो पटक एसिया कप खेल्न तयारीमा रहेको नेपाली क्रिकेट टोलीलाई कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्ती मगरले पनि सफलताको शुभकामना दिएका छन् ।

    खेल सुरु हुनुअघि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका हुन् । ‘एसिया कप—२०२३ एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमलाई जितको अग्रिम शुभकामना व्यक्त गर्दछु,’ विष्टले भनेका छन् । उनले फेसबुकमा नेपाली टोलीका खेलाडीहरूको तस्बिर पनि सेयर गरेका छन् । 

    यसैगरी चर्चित फुटबल खेलाडी विमल घर्ती मगरले पनि फेसबुकमार्फत नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् । ‘अग्रिम शुभकामना, टिम नेपाल । जय नेपाल,’ उनले एसिया कप खेल्ने टोलीका कप्तानहरूको सामूहिक तस्बिर सेयर गर्दै लेखेका छन् ।

    पाकिस्तान र श्रीलङ्कामा आयोजित एसिया कपको १६औँ संस्करमा ६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार